अमेरिकामा मन्दीको जोखिम बढ्दो


2023 Jan 13

अमेरिकाका राज्यहरू मध्ये आधा जति राज्यहरू आर्थिक गतिविधि सुस्त भइरहेको समस्यामा रहेका छन् । सेन्ट लुइस फेडरल रिजर्भ बैंकको नयाँ अनुसन्धानले यस्तो जनाउँदै यो मन्दीको संकेतको भएको उल्लेख गरेको छ ।

डिसेम्बरको यो रिपोर्टले संयुक्त राज्य अमेरिका समग्ररूपमा एक मन्दीमा जाने यो कारण भएको जनाएको छ ।

२७ राज्यको आर्थिक गतिविधि अक्टोबरमा घटेको थियो । सन् २०२०को वसन्तमा ३५ राज्यको गतिविधि तिखोरूपमा घटेको थियो ।

सन फ्रान्सिस्को फेडले पनि अमेरिकी अर्थतन्त्र आउँदा महिनाहरूको कुनै बिन्दुमा मन्दीमा फस्ने जनाएको छ ।

अमेरिकाको फेडरल रिजर्भले यो वर्ष बेरोजगारी दर बढेर ४.६ प्रतिशतमा बढ्ने छ ।

फेडले मुद्रास्फीतिका लागि चालेको कारबाहीले अमेरिकी अर्थतन्त्र सुस्त हुने विषयमा अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।

फेडरल रिजर्भका अध्यक्ष जेरोमी पावेलले डिसेम्बरमा आफू अर्थतन्त्र मन्दीमा जाने परिदृश्य नदेखेको स्थिति सकारात्मक रहने जनाएका थिए ।

युरोजोनमा अझ बढी दर बढ्ने पूर्वानुमान

युरोस्टाटको डेटाको आधारमा तयार पारिएको रिपोर्टमा भनिएको छ “युरोजोनमा मुद्रास्फीति एक अंकमा झरेको छ । पहिलो पटक डिसेम्बरमा यस्तो देखियो ।”

यो क्षेत्रको भोजन तथा ऊर्जा लागतसमेतको स्फीति ९.२ प्रतिशतमा आएको छ । नोभेम्बरको १०.१ प्रतिशत भन्दा केही झरेको देखिन्छ ।

युरोपियन सेन्ट्रल बैंकले गत वर्षको बन्देजात्मक मौद्रिक नीति सन् २०२३मा निरन्तरता दिने देखिएको छ । यसबाट मुख्य स्फीति बढ्ने देखिन्छ ।

गत वर्ष युरोपियन केन्द्रीय बैंकले ब्याजदर बढाइरहँदा मूल्य वृद्धि भएको थियो ।

गत महिना युरोपेली केन्द्रीय बैंकका अध्यक्ष क्रिस्टाइन लाग्रेडले हेडलाइन रेटमा अल्पकालीन परिवर्तनमा ध्यानदिनुपर्ने विरुद्ध चेतावनी दिइन् । साथै उनले मूल्य वृद्ध आउँदा दिनमा अझ बढी बढ्ने बताइन् ।

युरोपेली केन्द्रीय बैंकले यो वर्ष मुद्रास्फीति २ प्रतिशत भन्दा माथि नै रहने प्रक्षेपण गरेको छ । यो वर्षको अन्त्यतिर औसत ६.३ प्रतिशत हुने प्रक्षेपण छ ।

गैर आवश्यक खर्च कटौतीमा अमेरिकी उपभोक्ता

केपीएमजी कम्पनीले गरेको एक सर्वेक्षणमा अमेरिकी उपभोक्ताहरूले तिनका गैर आवश्यक खर्चहरूमा यो वर्ष कटौती गर्ने भएका छन् । यसले जीवन बाँच्ने लागतमा संकट उत्पन्न हुनेछ ।

सल्लाहदिने कम्पनी केपीएमजीले ३००० उपभोक्तामा सर्वेक्षण गरेको थियो । करिब दुई तिहाईले बाहिर गएर खाना खाने, विदामा जाने वा अन्य गैर आवश्यक खर्चमा कटौती गर्ने तयारी गरिरहेको बताए ।

भोजन, ऊर्जा, इन्धन र बन्धकी वा भाडा लागत जस्ता आधारभूत खर्चहरूमा ज्यादै ध्यान परिवारहरूले दिएका छन् ।

एक तिहाई उपभोक्ताले सन् २०२३मा थोरै वस्तु किन्ने योजना बनाएका छन् । बाहिर गएर खानेहरू ४६ प्रतिशत लुगाफाटामा खर्च गर्नेहरू ४२ प्रतिशतले खर्च कटौती गर्ने बताएका छन् । दश मध्ये एक उपभोक्ताहरूले ऊर्जा भुक्तानीबारे चिन्ता व्यक्त गरेका छन् । बेलायत सरकारले ऊर्जा भुक्तानीमा कटौती गर्ने समयलाई उपभोक्ताहरू पर्खे बसेका छन् ।
सन् २०२३मा बेलायतका खुद्रा विक्रेता टाट पल्टिने अध्ययन

ब्लुम्बर्ग रिपोर्टमा भनिएको छ “ जीवन बाँच्न लागत खर्चसम्बन्धी संकट बेलायतमा गहिरिँदै गइरहेको र खुद्रा विक्रेताहरूमाथि थप समस्या ल्याउने छ ।”

बेलायतमा सन् २०२२मा खुद्रा व्यापार ध्वस्त भएको गतिविधिमा वृद्धि भएको देखिएको छ ।

उदाहरणको रूपमा जुल्स एन्ड मेड डट कम टाट पल्टेको सबै भन्दा ठुला घटना मध्ये एक थियो ।

बेलायती विज्ञहरूका अनुसार नकारात्मक प्रवृति २०२३मा पनि रहने अपेक्षा सन् २०२२को अन्तिम त्रैमासिकमा देखिएको छ।

error: Content is protected !!