युक्रेनमा रुसले फेरि कमान्डर फे-यो


2023 Jan 12

रुसको निजी सैनिक कम्पनी वागनेर ग्रुपले नूनको खानी भएको पूर्वी युक्रेनको सोलेदार शहरलमा पूर्ण कब्जा भएको जनाइरहेका बेला रुसले युक्रेनमा आक्रमणका लागि एक नयाँ कमान्डर फेरेको छ ।

रुसका रक्षामन्त्री सर्जेइ शिओइगोले सेनको प्रमुख कमान्डरमा भलेरी गेरासिमोभलाई नियुक्त गरेका छन् । युक्रेनमा ११ महिनादेखि जारी राखेको विशेष सैनिक अपरेशनका लागि समग्र कमान्डर परिवर्तन गरिएको हो ।

यसअघि अक्टोबरमा नियुक्त जनरल सर्जेइ सुरोभिकिनको पदघटुवा गरिएको छ । युक्रेनको ऊर्जा पूर्वाधार क्षेत्रमा भारती आक्रमण अक्टोबरमा भएका थिए ।

ठिक यहीबेला येभ्गेनी प्रिगोझिन वागनेर निजी सैनिक कम्पनीका प्रमुख हुन् । साथै उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटका सहयोगी हुन् । प्रिगोझिनले उनको सेनाले सोलेदारलाई नियन्त्रणमा लिएको छ र भीषण लडाइँमा ५ सय जति युक्रेनी सेनाको मृत्यु भएको जनाएका छन् ।

प्रिगोझिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ“ सोलेदार पूर्णरूपमा नियन्त्रणमा आइसकेको पुष्टि म गर्न चाहन्छु । युक्रेनी सेनाबाट यो शहर मुक्त भएको छ ।”

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सोलेदार रुसी हातमा पुगेको पुटि गर्न नसक्ने बताए ।

रोयटर्सले सोलेदार रुसी नियन्त्रणमा गएको विषयलाई स्वतन्त्र पुष्टि गर्न नसकेको जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि वागनेरले सोलेदारलाई नियन्त्रणमा लिएको दाबीलाई गफ दिएको भनी टिप्पणी गरेको भएपनि हालको पुष्टिप्रति उनले केही जनाएका छैनन।

सोलेदार शहर रणनीतिक महत्वको शहर हो । यसलाई नियन्त्रण लिन रुसले बल गरिरहेके छ ।

कमान्डर परिवर्तन भनेको सेनाका शाखाहरू बीचको सम्बन्ध सुधार गर्नु रहेको र कमान्ड संरचना असरदार बनाउनु रहेको रक्षामन्त्रालयले जनाएको छ ।

error: Content is protected !!