अफगानिस्तानको विदेश मन्त्रालय नजिक आत्मघाती बम विस्फोट हुँदा २० जनाको मृत्यु भएको तालिबान अधिकारीले बताएका छन् । आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन् ।
टर्की, चीन लगायतका धेरै देशका दूतावास भएको क्षेत्रमा विस्फोट भएको हो । बम बोकेका व्यक्ति अफगानिस्तानको विदेश मन्त्रालयभित्रै घुस्न खोजेको तर असफल भएपछि बाहिरै बम विस्फोट गराएको तालिबान सरकारले जनाएको छ ।
चिनियाँ अधिकारीहरुले अफगानिस्तानका अधिकारीहरुसँग विदेश मन्त्रालयभित्र छलफलको तयारी गरिरहेको बेला बम विस्फोट भएको थियो । काबुल सरकारले यो आक्रमणलाई कायरताको संज्ञा दिएको छ र त्यसको बदला लिने चेतावनी दिएको छ ।