‘छड्के २.०’मा भिटेनको आवाज


2023 Jan 11

अनमोल केसी स्टारर फिल्म ‘छड्के २.०’ अहिले आम दर्शकहरुको बर्षकै प्रतिक्षित फिल्म बनेको छ । केहि दिन अघि मात्र छायांकन सकेको फिल्म घोषणा देखि नै चर्चित छ। झनै अनमोलको ग्याङस्टर लूक्समा पोस्टर सार्वजनिक भएसंगै फिल्मले छुट्टै हाईप लिई सकेको छ। फागुन १९ देखि देशभर प्रदर्शन हुने फिल्म फेरी अर्को कारणले चर्चित बनिरहेको छ। कारण हो र्यापर भिटेन उर्फ समिर घिसिङ्गले फिल्ममा आवाज दिनु। भर्खरै मात्र भिटेनले फिल्मको एक गीतमा स्वर दिएका छन। भिटेन शब्द, रचना र संगीत रहेको उक्त गीतले दर्शक माझ छुट्टै प्रभाव पार्नेमा निर्माण टिमले विश्वास लिएको छ।

प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेका फिल्मको कार्यकारी निर्माता भने निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् । अनमोलसंगै फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको पनि मुख्य भूमिका रहेको छ। निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्म चितवन र मुस्ताङमा छायांकन भएको हो। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् ।

error: Content is protected !!