माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जन प्रगतिशिल मञ्च अमेरिकाका अध्यक्ष केसीविच भेटवार्ता


2022 Dec 18

जन प्रगतिशिल मञ्च अमेरिकाका अध्यक्ष तिलक केसीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेका छन् । केसीले प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र सचिव टेक बहादुर पाठक सहित प्रचण्ड निवासमा भएको यस भेटवार्तामा मञ्चका अध्यक्ष केसीले प्रवासी नेपाली, मातृभूमि नेपालको विकास लगायतका विषयमा छलफल गरेका हुन् ।

केही दिन अघि मात्र दुई हप्ते नेपाल बसाई सम्पन्न गरि अमेरिका फर्किएका अध्यक्ष केसीले प्रचण्ड सितको भेटका क्रममा केसीले जन प्रगतिशिल मञ्चको अन्तराष्ट्रिय संजाल बनाईनु पर्नेमा पनि जोड दिएका छन् ।

प्रतिनिधि सभामा पुन निर्वाचित भएकोमा नेता प्रचण्डलाई जन प्रगतिशिल मञ्च अमेरिकाको तर्फवाट बधाई तथा शुभकामना समेत दिएका केसी र प्रचण्डविचको छलफल करिव १ तिहाई जनसंख्या विदेशमा रहेको तथ्यांकको आधारमा अब बन्ने नितिहरुमा प्रवासमा रहेका नेपालीहरुलाई पनि विषेश ध्यान दिईनु पर्ने विषयमाथी केन्द्रित रहेको थियो ।

भेटवार्ताका बारेमा जानकारी दिंदै केसीले एनआरएनए र एनआरएनहरुको समस्यालाई गैर राजनितिक रुपमा लिई समाधान तर्फ छिट्टै नै अगाडी बढ्नु पर्ने कुरामा गहन छलफल भएको बताएका छन् ।

प्रवास समन्वय समितिलाई बढि प्रभावकारी वनाउन आवश्यक परे सांगठनिक स्वरुपमा परिवर्तन, जनप्रगतिशिल मञ्चलाई प्रवास तथा नेपालमा रहने हितमा काम गर्न र नेपालको विकासमा वढि योगदान पुर्याउन अन्तराष्ट्रिय संजालको निर्माण गर्ने जस्ता विषयहरुमा पनि छलफल विषेश केन्द्रित रहेको थियो ।

त्यस्तै सामाज रुपान्तरण र सामाजिक न्याय सहितको आर्थिक क्रान्ति र त्यसका लागि नयाँ प्रविधि सहितको समाजवादी आन्दोलन अहिलेको आवश्यकता जस्ता सैधान्तिक विषयहरुमा पनि विषेश छलफल गरिएको भेटवार्तामा संगठन निर्माणमा नयाँ प्रविधि, नयाँ सोच र नयाँ पुस्ताको सहभागितालाई विषेश ध्यान दिनुपर्ने विषयहरु सहभागि रहेका थिए ।

एनआरएनए अभियन्ता साथै अन्माका अध्यक्ष समेत रहेका केसीले नेपाल बसाईका क्रममा माओवादी केन्द्रका नेताहरु नारायण काजि श्रेष्ठ, जनार्दन शर्मा, शक्ती वस्नेत, देवेन्द्र पौडेल अनिल शर्मा लगायत अन्य नेताहरुसंग पनि भेटघाट गर्नुका साथै आफुले प्रारम्भिक शिक्षा हासिल गरेको प्युठानको विद्यालयलाई कम्प्युटर ल्याव पनि हस्तान्तरण गरेका थिए ।

error: Content is protected !!