टेक्सोमा नेपालिज सोसाइटीले हिन्दु महिलाहरुको महानपर्ब हरितालिका तिजको अवसरमा भब्य तीज कार्यक्रम सम्पन्न गरेको छ। आइतबार एक बिशेस तीज कार्यक्रम गर्दै महिला दिदि बहिनिहरु लाइ दर सहित बिभिन्न सास्कृतिक कार्यक्रम संगै सुभकामना आदान प्रदान गर्दै तीज मनाएको हो।
आइतबार साँझ ५ बजे बाट सुरु भएको कार्यक्रममा बाल बालिकाहरुको समेत प्रस्तुति रहेको उक्त कार्यक्रममा महिला दिदि बहिनिहरुले तीज नृत्य समेत प्रस्तुत् गरेका थिए।
रातको ११ बजे सम्म चलेको कार्यक्रम मा टेक्सासको शेर्मन, डेनिसन र पेरिस सहरबाट महिला दिदि बहिनि हरुको बाक्लो उपस्थिति थियो।
आयोजक सस्था टेक्सोमा नेपाली समाज बिगत एक दशक आगडी स्थापना भएर स्थानीय रुप मा तीज, दशै, तिहार, पिकनिक र रक्तदानको कार्यक्रममा गर्दै आइरेको छ, साथै मातृभूमि नेपालमा आइपर्ने बिभिन्न बिपतमा समेत बिभिन्न सामाजिक सस्था संग सहकार्य गर्दै आर्थिक सहयोग समेत गर्दै आएको जानकारी टेक्सोमा नेपाली समाजका बर्तमान अध्यक्ष दीपेन्द्र गुरागाइले जानकारि दिएका छन्।
यूएस खबरको प्रकाशनमा बजारमा आएको तीज गीत हेर्नु भयो ?