एनआरएनए अमेरिकाको आशन्न निर्वाचनमा एनसीसी कोषाध्यक्ष पदमा शतेन्द्र शाहको उमेद्वारी घोषणा


2021 Apr 07

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आशन्न निर्वाचनमा एनसीसी कोषाध्यक्ष पदमा शतेन्द्र शाहले उमेद्वारी घोषणा गरेका छन् । लामो समयदेखी न्यूयोर्कमा रहेर सामाजिक कार्यमा सक्रिय शाहले आफ्ना मुख्य प्रतिवद्धता सहित एनआरएनए एनसीसी नयाँ कार्यसमिती निर्वाचन २०२१-०३२ का लागि कोषध्यक्ष पदमा उमेद्वारी सार्वजनिक गरेका हुन् । २०१७ ०१९ का लागि एनसीसी अमेरिकाको बोर्ड अफ डाईरेक्टर पदमा निर्वाचित शाह सामुदायिक र संस्थागत दुवै रुपमा क्रियाशिल अभियन्ता हुन् ।

वर्तमान कार्यसमितीका सदस्य समेत रहेका शाह एनआरएनएका ४ वटा क्षेत्रिय सम्मेलनमा सहभागी हुँदाका अनुभव तथा बोर्ड अफ डाईरेक्टर पदमा रहँदाका जिम्मेवारी देखी रिजवुड नेपाली समाजका कोषाध्यक्ष, मधेशी एशोसियशन इन अमेरिका (MAA)का सल्लाहकार रहँदाका अनुभव सहित चुनावी मैदानमा दखिएका उमेद्वार हुन् ।

नेपालको सप्तरी जिल्लामा जन्मिएका शाह सन् २००७ देखी न्यूयोर्कमा रहँदै आएका छन् । पव्लिक अकाउण्टेनमा बिबिए गरेका शाह पेसाले हाल एक कम्पनिका परियोजना लेखाकार प्रोजेक्ट अकाउण्टेनका रुपमा कार्यरत छन् ।

यस पटकको निर्वाचनमा एनसीसी कोशाध्यक्ष पदमा चुनावी प्रतिस्पर्धामा देखिैदै गरेका शाहले सेवाको दायरा फराकिलो बनाउने उदेश्यले यस निर्वाचनमा उमेद्वारी दिएको बताएका छन् । उनका अनुसार आफ्नो अध्ययन अन्तरगतको बिषय, यस अघिका संस्थामा कोशाध्यक्ष पदको जिम्मेवारीमा रहँदाका अनुभव र पेसागत रुपमा पनि यसै क्षेत्रमा रहेकाले थप ज्ञान लगायतका पक्षलाई पनि अघि सारेका उनको कोषाध्यक्ष पदको उमेद्वारी स्वभाविक देखिन्छ । एनसीसीमा पनि उनि पहिले बोर्ड अफ डाईरेक्ट र सदस्य पदमा काम गरेर मात्र यस निर्वाचनमा आफु सम्बन्धित पदमा उमेद्वारी दिएका हुन् ।

संस्थाको आर्थिक ढाँचा बदलेर लेखा सिस्टमलाइ ब्यबसायिक रुपमा लैजानका लागि आफुले मद्यत गर्न सक्ने लक्ष्य सहित देखिएका उमेद्वार हुन् । श्रोत-बिकासलाइ व्यक्तिको योगदानमा मात्र निहित नराखेर अन्य श्रोत र साधन समेतको बिकास गर्नको लागि आफु उम्मेदवार भएको बताउने शाहले आपतकालीन कोष, नेपाल सपोर्ट कोष, नेपाल प्रोजेक्ट र अमेरिका भित्र आयोजना गरिने प्रोजेक्टहरुको फरक-फरक आय श्रोत र खर्च ब्यबस्था गर्न सके संस्थाको आर्थिक अपारदर्शिता हट्नुका साथै संस्थालाई दिर्घकालिन रुपमा बलियो बनाउन सकिने र नेपाली समुदायका समस्या सो रकमले अहिलेको भन्दा धेरै सेवा पुर्याउन सकिने एजेन्डा सहित एनसीसी कोषध्यक्ष पदमा देखिएका युवा उमेद्वार हुन् ।

error: Content is protected !!